आज सकिदैं पोखरा महोत्सव
पाेखरा | माघ ७, २०८१
पोखरा: पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सव आज सकिदैंछ ।
गत महिनाको २५ गतेदेखि जारी महोत्सवको समापन आज पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नेछन् ।
क्लबका महासचिव दिनेश सुनारका अनुसार आज लोकदोहोरीतर्फ चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, ममता तामाङ, इन्द्रा गुरुङ लगायतको प्रस्तुती रहनेछ ।
यस्तै लाइभ कन्सर्टतर्फ जेम्सीको प्रस्तुती रहनेछ ।
महोत्सवमा आयोजित विद्यालयस्तरीय प्रतियोगिताकोसमेत आज नै फाइनल प्रतिस्पर्धा हुनेछ ।
फाइनलमा सेन्ट मेरिज, कास्की मोडनाइज्ड, बेसलाइन एकेडेमी, विभुती र सरस्वती विद्या सदन लामाचौरबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।
व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार ए...
पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रद...

